काठमाडौं । नेपाल र युगान्डाबीचको महिला टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज एक्सन स्पोर्ट्सले प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार सिरिजको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्सले गर्ने जनाएको छ ।
यस्तै ओएसआर डिजिटलले युट्युबमा प्रत्यक्ष प्रशारण गर्ने क्यानले जनाएको छ ।
नेपालले घरेलु मैदानमा युगान्डाविरुद्ध पाँच खेलको टी-ट्वान्टी सिरिज खेल्दैछ ।
सिरिज अन्तर्गत नेपाल र युगान्डाबीचको पहिलो टी-ट्वान्टी भोलि सोमबार हुनेछ ।
यस्तै दोस्रो टी-ट्वान्टी जेठ ३ गते र तेस्रो टी-ट्वान्टी जेठ ५ गते हुनेछ ।
दुई टोलीबीचको चौंथो टी-ट्वान्टी जेठ ६ गते र अन्तिम टी-ट्वान्टी जेठ ७ गते हुनेछ ।