काठमाडौं । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दशौँ जित निकालेको छ ।
मुम्बईमा आइतबार साविक विजेता चेन्नई सुपर किङसलाई ७ विकेटले हराउँदै गुजरातले दशौँ जित हात पारेको हो ।
चेन्नईले दिएको १ सय ३४ रनको लक्ष्य गुजरातले १९ ओभर १ बलमा ३ विकेट गुमाएर १ सय ३७ रन जोड्दै पूरा गर्यो ।
गुजरातको जितमा रिद्दिमान शाहले अविजित रहदै ६७ रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै म्याथ्यु वेडले २० रन जोड्दा सुबमन गिलले १८ रन बनाए । डेभिड मिलरले अविजित १५ रन जोडे ।
चेन्नईका मथिषा पथिरानाले २ तथा मोइन अलीले १ विकेट लिए ।
त्यसअघि चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३३ रन जोडेको थियो ।
चेन्नईका रुतुराज गायकवाडले ५३ रनको अर्धशतकीय इनिङ खेले । नारायण जगदिशनले अविजित ३९ रन जोड्दा मोइन अलीले २१ रन जोडे ।

गुजरातका मोहमद शामीले २ विकेट लिए ।
यस जितसँगै गुजरातले १३ खेलमा १० जितसहित २० अंक जोडेको छ ।
गुजरातले शीर्ष दुईको स्थान पक्का गरेको छ ।
चेन्नई १३ खेलमा ८ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
