काठमाडौं । इन्दु वर्मा नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको उपकप्तान नियुक्त भएकी छिन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार इन्दुलाई उपकप्तान नियुक्त गरिएको जनाएको छ ।
युगान्डाविरुद्धको टी-ट्वान्टी सिरिज अघि नेपालले इन्दुलाई उपकप्तान चयन गरेको हो ।
नेपालले घरेलु मैदानमा भोलिबाट युगान्डाविरुद्ध पाँच खेलको टी-ट्वान्टी सिरिज खेल्दैछ ।
यस अघि सिता राना मगरले नेपालको उपकप्तानी गर्दै आएका थिए ।
सिता फेयर ब्रेक इन्भिटेसनल क्रिकेट प्रतियोगिताका लागि दुबईमा छिन् ।
सिता आबद्द टोर्नाडोस वुमेन्स फाइनल पुगिसकेको छ।
नेपालको कप्तान भने रुबिना क्षेत्री रहेकी छिन् ।