काठमाडौं । आईपीएल टोली दिल्ली क्यापिटल्सका ओपनर पृथ्वी श अस्पतालबाट डिस्चार्ज भएका छन् ।
दिल्लीले आइतबार ओपनर पृथ्वी अस्पतालबाट डिस्चार्ज भएको जनाएको छ ।
टाइफाइडको कारण उनी अस्पताल भर्ना भएका थिए ।
दिल्लीले उनी टिम बसेको होटल फर्किएको र मेडिकल टिमको निगरानीमा रहेको जनाएको छ ।
टाइफाइडको कारण उनले आईपीएल अन्तर्गत तीन खेल गुमाएका थिए ।
उनले पछिल्लो पटक मे १ मा लखनउविरुद्ध प्रतिस्पर्धा गरेका थिए ।