काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज आइतबार दुई खेल हुँदैछन् ।
मुम्बईमा हुने पहिलो खेलमा साविक विजेता चेन्नई सुपर किङस र शीर्ष स्थानको गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ।
चेन्नई आज पाँचौं जितको खोजीमा रहेको छ।
चेन्नई १२ खेलमा ८ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
गुजरात १२ खेलमा १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । गुजरातले प्ले अफमा स्थान पक्का गरिसकेको छ ।
चेन्नईलाई हराएर गुजरात शीर्ष स्थानको अग्रता थप फराकिलो गर्न चाहन्छ ।
यस अघिको भेटमा गुजरातले चेन्नईलाई ३ विकेटले हराएको थियो ।
यस्तै दोस्रो खेलमा लखनउ सुपर जाइन्ट्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।
मुम्बईमा हुने खेल राति ७:४५ बजे सुरु हुनेछ ।
आज लखनउ जित निकाल्दै शीर्ष स्थानको गुजरातविरुद्ध दबाब सिर्जना गर्न चाहन्छ ।
लखनउ १२ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
यस्तै राजस्थान पनि लखनउलाई हराएर दोस्रो स्थानमा उक्लने योजनामा रहेको छ ।
राजस्थान १२ खेलमा १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
यस अघिको भेटमा राजस्थानले लखनउलाई ३ रनले हराएको थियो ।