काठमाडौं । युगान्डाले नेपालविरुद्धको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजका लागि टोलीको घोषणा गरेको छ ।
युगान्डा क्रिकेटले कोन्सी निमुन्गुको कप्तानीमा टोलीको घोषणा गरेको हो ।
सिरिजका लागि नेपालले रुबिना क्षेत्रीको कप्तानीमा टोलीको घोषणा गरिसकेको छ ।
टियु क्रिकेट मैदानमा हुने युगान्डा र नेपालबीचको सिरिज पाँच खेलको हुनेछ ।
नेपाल र युगान्डाबीचको पहिलो टी-ट्वान्टी भोलि सोमबार हुनेछ ।
दोस्रो टी-ट्वान्टी जेठ ३ गते र तेस्रो टी-ट्वान्टी जेठ ५ गते हुनेछ ।
यस्तै चौंथो टी-ट्वान्टी जेठ ६ गते र अन्तिम टी-ट्वान्टी जेठ ७ गते हुनेछ ।
