काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान सिता राना मगर आबद्द टोर्नाडोस वुमेन्स फेयर ब्रेक इन्भिटेसनल क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
दुबईमा शनिबार राति दोस्रो सेमिफाइनलमा बार्मी आर्मी वुमन्सलाई ४ विकेटले हराएर टोर्नाडोस फाइनल पुगेको हो ।
अब टोर्नाडोसले उपाधिका लागि फाल्कोन्स वुमन्ससँग आइतबार राति प्रतिस्पर्धा गर्नेछ ।
बार्मी आर्मीले दिएको १ सय ४२ रनको लक्ष्य टोर्नाडोसले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।
टोर्नाडोसका लागि सोफी डिभाइनले ३७ रन जोड्दा स्टेर कालिसले ३४ रन जोडिन ।
बार्मी आर्मीका रुमाना अहमेदले ३ तथा हेन्रिटे इशिम्वेले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको बार्मी आर्मीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४१ रन जोडेको थियो ।
बार्मी आर्मीकी रुमाना अहमेदले अविजित ३५ रन जोडिन । हेथर नाइट र क्याम्पबेलेले समान ३१/३१ रन जोडिन ।
टोर्नाटोसका डियाना बेगले २ विकेट हात पारिन् । नेपालकी सिताले १ विकेट लिईन् ।