काठमाडौं । अष्ट्रेलियाका पूर्व अलराउण्डर क्रिकेट एन्ड्रयु साइमन्ड्सको निधन भएको छ ।
कार दुर्घटनामा परी एन्ड्रयुको ४६ वर्षको उमेरमा निधन भएको हो ।
एन्ड्रयुले १९९८ देखि २००९ सम्म अष्ट्रेलियाका लागि खेलेका थिए ।
उनले अष्ट्रेलियाका लागि २६ टेस्ट, १९८ एकदिवसीय र १४ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका थिए ।
एन्ड्रयु अष्ट्रेलियाले दुई पटक ५० ओभरको विश्वकप जित्दा टोलीमा रहेका थिए ।
इंग्ल्यान्डमा जन्मिएका उनले केन्ट, ग्लुसेस्टरशायर, ल्याङ्कशायर र सुर्रेबाट काउन्टी क्रिकेट खेलेका थिए ।