काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले जित निकालेको छ ।
पुनेमा शनिबार राति कोलकत्ताले सनराईजर्स हैदरावादलाई ५४ रनले हराएको हो ।
कोलकत्ताले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रन मात्र बनाउन सक्यो ।

हैदरावादका लागि अविशेक शर्माले ४३ रन जोड्दा एडिन मार्क्रमले ३२ रन बनाए । शशांक सिंहले ११ रन जोडे ।
कोलकत्ताका लागि आन्द्रे रसेलले ३ तथा टिम साउथीले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो ।
कोलकत्ताका लागि आन्द्रे रसेलले अविजित ४९ रन बनाए । साम विलिङ्सले ३४ रन जोड्दा अन्जिका रहानेले २८ रन जोडे ।
नितिश राना २६ तथा कप्तान श्रेयस एयर १५ रनमा आउट भए ।
हैदरावादका उम्रन मलिकले ३ विकेट लिए ।

कोलकत्ताको यो छैटौं जित हो ।
कोलकत्ता १२ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ ।
हैदरावाद १२ खेलमा १० अंक जोडेर आठौं स्थानमा रहेको छ ।