काठमाडौं । युगान्डाविरुद्धको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले अन्तिम तयारी गरिरहेको छ ।
नेपाली टोलीले टियु मैदानमा तयारी गरिरहेको हो ।
नेपालले टियु क्रिकेट मैदानमा युगान्डाविरुद्ध पाँच खेलको सिरिज खेल्नेछ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सिरिजका लागि रुबिना क्षेत्रीको कप्तानीमा टोलीको घोषणा गरिसकेको छ ।
नेपाल र युगान्डाबीचको पहिलो टी-ट्वान्टी जेठ २ गते हुनेछ ।
दोस्रो टी-ट्वान्टी जेठ ३ गते र तेस्रो टी-ट्वान्टी जेठ ५ गते हुनेछ ।
यस्तै चौंथो टी-ट्वान्टी जेठ ६ गते र अन्तिम टी-ट्वान्टी जेठ ७ गते हुनेछ ।









