काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले युगान्डाविरुद्धको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ ।
क्यानले शनिबार रुबिना क्षेत्रीको कप्तानीमा टोलीको घोषणा गरेको हो ।
अश्मिना कर्माचार्य र हिरणमायी रोय पहिलो पटक राष्ट्रिय टोलीमा अटाएकी छिन् ।
नेपालले जेठमा युगान्डासँग घरेलु मैदानमा टी-ट्वान्टी सिरिज खेल्नेछ ।

टियु क्रिकेट मैदानमा हुने सिरिज पाँच खेलको हुनेछ ।
नेपाल र युगान्डाबीचको पहिलो टी-ट्वान्टी जेठ २ गते हुनेछ ।
दोस्रो टी-ट्वान्टी जेठ ३ गते र तेस्रो टी-ट्वान्टी जेठ ५ गते हुनेछ ।
यस्तै चौंथो टी-ट्वान्टी जेठ ६ गते र अन्तिम टी-ट्वान्टी जेठ ७ गते हुनेछ ।
नेपाली टोली -
रुबिना क्षेत्री, सिता राना मगर, इन्दु वर्मा, काजल श्रेष्ठ, सरिता राना मगर, कविता कुँवर, अप्सरी बेगम,अश्मिना कर्माचार्य,संगीता राई, कविता जोशी,रोमा थापा,ज्योति पाण्डे,सबनम राई, डोली भट्ट,हिरणमायी रोय, बिन्दु रावल
