काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत आज शनिबार एक खेल हुँदैछ ।
पुनेमा हुने खेलमा कोलकत्ता नाइट राइडर्स र सनराईजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ । खेल राति ७:४५ बजे सुरु हुनेछ।
कोलकत्ता आज छैटौं जित निकाल्ने योजनामा छ । हैदरावादलाई हराएर कोलकत्ता अंक तालिका सुधार्न चाहन्छ ।
कोलकत्ता १२ खेलमा १० अंक जोडेर आठौं स्थानमा रहेको छ ।
हैदरावाद पनि छैटौं जितको खोजीमा रहेको छ । प्ले अफ पुग्ने सम्भावना कायम राख्न पनि हैदरावादलाई जितको आवश्यकता रहेको छ ।
हैदरावाद ११ खेलमा १० अंक जोडेर सातौं स्थानमा रहेको छ ।
यस अघिको भेटमा हैदरावादले कोलकत्तालाई हराएको थियो । मुम्बईमा भएको खेलमा हैदरावाद ७ विकेटले विजयी भएको थियो।