काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पन्जाब किङ्सले जित निकालेको छ ।
मुम्बईमा शुक्रबार राति पन्जाबले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५४ रनले हराएको हो ।
पन्जाबले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन मात्र बनाउन सक्यो ।

बैंगलोरका लागि ग्लेन म्याक्सवेलले ३५ रन जोड्दा रजत पटीदारले २६ रन बनाए ।
कप्तान विराट कोहली २० रनमा आउट भए ।
पन्जाबका कागिसो राबडाले ३ तथा ऋषि धवन र राहुल चाहरले २/२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर २ सय ९ रन जोडेको थियो ।
पन्जाबका लागि लियाम लिभिङस्टोनले ७० रनको अर्धशतकीय इनिङ खेले । जोनी बेयर्स्टोले ६६ रनको अर्धशतकीय इनिङ खेल्दा शिखर धवनले २१ रन जोडे । कप्तान मायांक अग्रवाल १९ रनमा आउट भए ।
बैंगलोरका हर्सल पटेलले ४ तथा वानिन्दु हसरंगाले २ विकेट लिए ।
जितसँगै पन्जाबले १२ खेलमा १२ अंक जोडेको छ ।
पन्जाब छैटौं स्थानमा उक्लिएको छ ।
बैंगलोर १३ खेलमा १४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
