काठमाडौं । कोलकत्ता नाइट राइडर्सका फास्ट बलर प्याट कमिन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को बाँकी खेल गुमाउने भएका छन् ।
अष्ट्रेलियाका टेस्ट कप्तान कमिन्सले चोटको कारण आईपीएलको बाँकी खेल गुमाउने भएका हुन् ।
कमिन्सको हिप इन्जुरी भएको बताईएको छ ।
कोलकत्ताले उनको स्थानमा खेल्ने खेलाडी सार्वजनिक गरेको छैन ।
कमिन्स श्रीलंकाविरुद्धको टी-ट्वान्टी सिरिजका लागि समेत टिममा छैनन् ।
टेस्ट र एकदिवसीयमा भने उनी टिममा रहेका छन् ।
अष्ट्रेलियाले जुनमा श्रीलंकाको भ्रमण गर्नेछ ।
भ्रमण दौरान अष्ट्रेलिया र श्रीलंकाबीच तीन खेलको टी-ट्वान्टी र पाँच खेलको एकदिवसीय सिरिज हुनेछ ।