काठमाडौं । न्युजिल्याण्ड क्रिकेटले सेन्ट्रल कन्ट्रयाक्टमा पर्ने खेलाडीको सूची सार्वजनिक गरेको छ ।
न्युजिल्याण्डले सन् २०२२/२३ को लागि सेन्ट्रल कन्ट्रयाक्टमा पर्ने २० खेलाडीको सूची सार्वजनिक गरेको हो ।
न्युजिल्याण्डले सार्वजनिक गरेको सूची अनुसार जेम्स निशम बाहिरिएका छन् ।
मिकेल ब्रेसवेल र अजिज पटेल सूचीमा अटाएका छन् ।
सेन्ट्रल कन्ट्रयाक्टको अवधि एक वर्षको रहेको छ ।
