काठमाडौं । बंगलादेशका अलराउण्डर शकिब अल हसन कोभिड-१९ को संक्रमणबाट मुक्त भएका छन् ।
पछिल्लो पटक गरिएको परिक्षणमा शकिबको रिपोर्ट नेगेटिभ आएको क्रिकइन्फोले जनाएको छ ।
कोभिडबाट मुक्त भएसँगै शकिबले श्रीलंकाविरुद्धको पहिलो टेस्ट खेल्ने सम्भावना बढेको छ ।
बंगलादेशले आईसीसी टेस्ट च्याम्पियनसिप अन्तर्गत घरेलु मैदानमा श्रीलंकासँग दुई खेलको टेस्ट सिरिज खेल्ने तालिका रहेको छ ।
पहिलो टेस्ट मे १५ मा सुरु हुनेछ । यस्तै दोस्रो टेस्ट मे २३ मा हुनेछ ।