काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत आज शुक्रबार एक खेल हुँदैछ ।
मुम्बईमा हुने खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र पन्जाब किङ्सबीच प्रतिस्पर्धा हुनेछ । खेल राति ७:४५ बजे सुरु हुनेछ।
बैंगलोर आज आठौं जित निकाल्ने योजनामा छ । पन्जाबलाई हराएर बैंगलोर तेस्रो स्थानमा समेत उक्लन चाहन्छ ।
बैंगलोर १२ खेलमा १४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
पन्जाब पनि छैटौं जितको खोजीमा रहेको छ । प्ले अफ पुग्ने सम्भावना कायम राख्न पनि पन्जाबलाई जितको आवश्यकता रहेको छ ।
पन्जाब ११ खेलमा १० अंक जोडेर आठौं स्थानमा रहेको छ ।
यस अघिको भेटमा पन्जाबले बैंगलोरलाई हराएको थियो । मुम्बईमै भएको खेलमा पन्जाब ५ विकेटले विजयी भएको थियो।