काठमाडौं । न्युजिल्याण्डका पूर्व कप्तान ब्रेण्डन म्याकुलम इंग्ल्यान्डको टेस्ट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
इंग्ल्यान्ड क्रिकेटले बिहीबार ब्रेण्डनलाई टेस्ट टिमको मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
४० वर्षीय ब्रेण्डनले इंग्ल्यान्डसँग चार वर्षको सम्झौता गरेका छन् ।
ब्रेण्डन इन्डियन प्रिमियर लिग टोली कोलकत्ता नाइट राइडर्सका प्रशिक्षक रहेका छन् । अब उनले कोलकत्ताको प्रशिक्षक पद छाड्ने छन् ।
क्रिस सिल्भरउडले गत फेब्रुअरीमा छाडेपछि इंग्ल्यान्डको टेस्ट टिम प्रशिक्षक विहीन रहेको थियो ।
ब्रेण्डनले २०१९ मा सन्यास घोषणा गरेका थिए ।
उनले न्युजिल्याण्डका लागि १ सय १ टेस्ट खेलेका छन् ।
