काठमाडौं । न्युजिल्याण्डका पूर्व कप्तान ब्रेण्डन म्याकुलम इंग्ल्यान्डको टेस्ट टिमको मुख्य प्रशिक्षक बन्ने भएका छन् ।
४० वर्षीय ब्रेण्डन टेस्ट टिमको मुख्य प्रशिक्षक बन्न सहमत भएको बीबीसीले जनाएको छ । यसै हप्ता औपचारिक सम्झौता हुने बताईएको छ ।
ब्रेण्डन इन्डियन प्रिमियर लिग टोली कोलकत्ता नाइट राइडर्सका प्रशिक्षक रहेका छन् ।
क्रिस सिल्भरउडले गत फेब्रुअरीमा छाडेपछि इंग्ल्यान्डको टेस्ट टिम प्रशिक्षक विहीन रहेको छ ।
ब्रेण्डनले २०१९ मा सन्यास घोषणा गरेका थिए ।
उनले न्युजिल्याण्डका लागि १ सय १ टेस्ट खेलेका छन् ।