काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत आज बिहीबार एक खेल हुँदैछ ।
मुम्बईमा हुने खेलमा साविक विजेता चेन्नई सुपर किङस र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । खेल राति ७:४५ बजे सुरु हुनेछ।
पुछारका दुई टोली आज जित निकाल्दै अंक तालिका सुधारको योजनामा रहेका छन् ।
चेन्नई ११ खेलमा ८ अंक जोडेर नवौं स्थानमा रहेको छ । प्ले अफ पुग्ने सम्भावना कायम राख्न पनि चेन्नई मुम्बईमाथि जितको खोजीमा रहेको छ ।
मुम्बई पनि चेन्नईलाई हराएर प्ले अफको सम्भावना कायम राख्न चाहन्छ । मुम्बई ११ खेलमा ४ अंक जोडेर पुछारमा रहेको छ ।
यस अघिको भेटमा चेन्नईले मुम्बईलाई हराएको थियो । मुम्बईमै भएको खेलमा चेन्नई ३ विकेटले विजयी भएको थियो ।