काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले युगान्डाविरुद्धको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ ।
क्यानले बुधबार रुबिना क्षेत्रीको कप्तानीमा टोलीको घोषणा गरेको हो ।
नेपालले जेठमा युगान्डासँग घरेलु मैदानमा टी-ट्वान्टी सिरिज खेल्नेछ ।
टियु क्रिकेट मैदानमा हुने सिरिज पाँच खेलको हुनेछ ।
नेपाल र युगान्डाबीचको पहिलो टी-ट्वान्टी जेठ २ गते हुनेछ ।
दोस्रो टी-ट्वान्टी जेठ ३ गते र तेस्रो टी-ट्वान्टी जेठ ५ गते हुनेछ ।
यस्तै चौंथो टी-ट्वान्टी जेठ ६ गते र अन्तिम टी-ट्वान्टी जेठ ७ गते हुनेछ ।
नेपाली टोली -
रुबिना क्षेत्री, सिता राना मगर, इन्दु वर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी, सरिता राना मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी,ममता चौधरी,अश्मिना कर्माचार्य,सुमन खतिवडा,संगीता राई, कविता जोशी,रोमा थापा,ज्योति पाण्डे,सबनम राई,बिन्दु रावल,इश्वरी विष्ट,डोली भट्ट,हिरणमायी रोय,ऋतु कनोजिया
