काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले अफ्रिकी राष्ट्र युगान्डासँग टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार नेपालले जेठमा युगान्डासँग घरेलु मैदानमा टी-ट्वान्टी सिरिज खेल्ने जनाएको छ ।
टियु क्रिकेट मैदानमा हुने सिरिज पाँच खेलको हुनेछ ।
नेपाल र युगान्डाबीचको पहिलो टी-ट्वान्टी जेठ २ गते हुनेछ ।
दोस्रो टी-ट्वान्टी जेठ ३ गते र तेस्रो टी-ट्वान्टी जेठ ५ गते हुनेछ ।
यस्तै चौंथो टी-ट्वान्टी जेठ ६ गते र अन्तिम टी-ट्वान्टी जेठ ७ गते हुनेछ ।
