काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत आज बुधबार एक खेल हुँदैछ ।
मुम्बईमा हुने खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल राति ७:४५ बजे सुरु हुनेछ।
राजस्थान आज दिल्लीलाई हराएर प्ले अफ पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ।
राजस्थान ११ खेल १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
दिल्ली पनि जित निकाल्दै प्ले अफ सम्भावना कायम राख्ने योजनामा हुनेछ ।
दिल्ली ११ खेलमा १० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
यस्तै दिल्ली अघिल्लो भेटमा व्यहोरेको हारको बदला लिने योजनामा रहेको छ ।
यस अघिको भेटमा राजस्थानले दिल्लीलाई १५ रनले हराएको थियो ।