काठमाडौं । बंगलादेशका अलराउण्डर शकिब अल हसनले श्रीलंकाविरुद्धको पहिलो टेस्ट गुमाउने भएका छन् ।
कोभिड-१९ को संक्रमण भएपछि हसनले पहिलो टेस्ट गुमाउने भएका हुन् ।
मंगलबार भएको पीसीआर परिक्षणमा उनलाई पोजेटिभ देखिएको हो ।
बंगलादेशले आईसीसी टेस्ट च्याम्पियनसिप अन्तर्गत घरेलु मैदानमा श्रीलंकासँग दुई खेलको टेस्ट सिरिज खेल्ने तालिका रहेको छ ।
पहिलो टेस्ट मे १५ मा सुरु हुनेछ । यस्तै दोस्रो टेस्ट मे २३ मा हुनेछ ।