काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत आज मंगलबार एक खेल हुँदैछ ।
पुनेमा हुने खेलमा नवप्रवेशी दुई टोली लखनउ जाइन्ट्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुनेछ । खेल राति ७:४५ बजे सुरु हुनेछ।
लखनउ र गुजरातबीचको रोमान्चक हुने अनुमान गरिएको छ । किनकि दुई टोली शीर्ष स्थानको होडमा रहेका छन् ।
लखनउ ११ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । लखनउ गुजरातलाई हराएर शीर्ष स्थान यथावत राख्न चाहन्छ।
गुजरात ११ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
लखनउलाई हराएर गुजरात शीर्ष स्थानमा उक्लन चाहन्छ ।
लखनउ र गुजरातबीचको यो दोस्रो भेट हो ।
यस अघिको भेटमा गुजरातले लखनउलाई ५ विकेटले हराएको थियो ।