काठमाडौं । मुम्बई इण्डियन्सका ब्याट्सम्यान सूर्यकुमार यादवले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको बाँकी खेल गुमाउने भएका छन् ।
मिडल अर्डर ब्याट्सम्यान यादवले चोटको कारण आईपीएलका बाँकी खेल गुमाउने भएका हुन् । यादवको देब्रे हातको नाडीमा चोट लागेको बताईएको छ ।
यादवले गत मे ६ मा गुजरातविरुद्धको खेलमा चोट बोकेका थिए ।
यादवले सोमबार राति कोलकत्ता नाइट राइडर्सविरुद्धको खेल समेत गुमाएका थिए ।
यस सिजन मुम्बई पुछारमा रहेको छ । उसले ११ खेल ४ अंक मात्र जोडेको छ ।