काठमाडौं । पाहुना टोली जिम्बावे 'ए' विरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा नेपालका करण केसी प्लेयर अफ द सिरिज घोषित भएका छन् ।
नेपाललाई सिरिज जिताउन उत्कृष्ट प्रदर्शन गरेका अलराउण्डर करण प्लेयर अफ द सिरिज बनेका हुन् ।
सिरिजमा करणले ६ विकेट र २५ रन बनाए ।
सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा जिम्बावेलाई ६ विकेटले हराउँदै नेपालले सिरिज २-१ ले जितेको हो ।