काठमाडौं । काठमाडौं जिल्ला खेलकुद विकास समितिले मार्सल आर्ट्सका पूर्वखेलाडी समेत रहेका व्यवसायी केदारनाथ शर्मालाई सम्मान गरेको छ ।
कलंकीमा शुक्रबार आयोजित आठौं इन्डो–नेपाल मुवाँथाई च्याम्पियनसिपको उद्घाटनका अवसरमा समितिले पूर्व खेलाडी शर्मालाई सम्मान गरेको हो ।
स्वदेशमै उद्यमशीलताको विकास खेलक्षेत्रमा लागेका युवालाई विशेष प्राथमिकतामा राखी सयौं खेलाडीलाई रोजगारीको अवसर प्रदान गरी समग्र खेलाडी र खेलक्षेत्रको विकासमा योगदान पु¥याएकाले सम्मान गरिएको काठमाडौं जिल्ला खेलकुद विकास समितिले जनाएको छ । उनी शिखर अर्गनाइजेसनका प्रमुख हुन् ।
उक्त संस्थामा शर्माले नेपालका दुई सयभन्दा बढी खेलाडीलाई रोजगारीको अवसर दिएका छन् । उनको सोही योगदानको कदर गर्दै समितिले सम्मान गरेको हो । बाग्मती प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकाल र काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपतिले शर्मालाई सम्मानपत्र हस्तान्तरण गरेका थिए । सो अवसरमा समितिका अध्यक्ष कक्षपतिले निजी क्षेत्रको सहयोगबाट नै नेपाली खेलकुदको विकास सम्भव हुने उल्लेख गरे ।
प्रतियोगिता अन्तर्गत खुलामा नेपालका रमित महर्जनले भारतका लक्षित, नेपालका गुणराज रुचालले भारतका अशोक कुमार, नेपालीकी विद्या गुरुङले भारतकी फुटुर्सी तथा नेपालका सञ्जय राईले भारतका फेरिक स्टारलाई पराजित गरे ।