काठमाडौं । पाकिस्तानका बलर हरिस राउफले अष्ट्रेलियाविरुद्धको पहिलो टेस्ट गुमाउने भएका छन् ।
कोभिड-१९ को संक्रमण भएपछि बलर हरिसले पहिलो टेस्ट गुमाउने भएका हुन् ।
घरेलु टोली पाकिस्तान र अष्ट्रेलियाबीचको पहिलो टेस्ट शुक्रबारबाट सुरु हुनेछ ।
पाकिस्तानले हरिसको स्थानमा निशम शाहलाई पहिलो टेस्टका लागि टिममा राखेको छ ।
हरिसले अहिलेसम्म टेस्ट खेल खेलेका छैनन् ।