काठमाडौं । दक्षिण अफ्रिकाले घरेलु टोली न्यूजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा शानदार जित हात पारेको छ ।
क्रिसचर्चमा भएको खेलमा दक्षिण अफ्रिकाले न्यूजिल्यान्डलाई १ सय ९८ रनले पराजित गरेको हो ।
यससँगै दुई खेलको सिरिज १–१ को बारबरीमा टुंगिएको छ ।
यस अघि पहिलो खेल न्यूजिल्यान्डले जितेको थियो ।
दोस्रो खेलमा दक्षिण अफ्रिकाले दिएको ४ सय २६ रनको लक्ष्य पछ्याएको न्यूजिल्यान्ड खेलको पाँचौ दिन २ सय २७ रनमा अलआउट भयो ।
न्यूजिल्यान्डका लागि दोस्रो इनिङमा डेभोन कनवेले सर्वाधिक ९२ रन जोडे ।
दक्षिण अफ्रिकाका कगिसो रबाडा, मार्को जानसेन तथा केशव महाराजले समान तीन–तीन विकेट हात पारे ।
लिथो सिम्पालाले एक विकेट लिए ।
यस अघि पहिलो इनिङमा भने न्यूजिल्यान्डले २ सय ९३ रन जोडेको थियो ।
कोलिन डी ग्रान्डहोमले अविजित १ सय २० रनको योगदान गरेका थिए ।
दक्षिण अफ्रिकाका लागि कगिसो राबाडाले सर्वाधिक ५ विकेट हात पारेका थिए ।
मार्को जानसेनले ४ तथा केशव महाराजले १ विकेट लिएका थिए ।
दक्षिण अफ्रिकाले पहिलो इनिङ्समा ३ सय ६४ रन जोडेको थियो ।
दक्षिण अफ्रिकाका लागि सारेल इरवीले सर्वाधिक १ सय ८ रनको योगदान गरेका थिए ।
न्यूजिल्यान्डका लागि नेल वागनरले सर्वाधिक ४ विकेट हात पारे ।
म्याट हेनरीले ३, कायल जामिसनले २ र टिम साउथीले १ विकेट लिएका थिए ।
दक्षिण अफ्रिकाले दोस्रो इनिङ्स ३ सय ५४ रनमा ९ विकेट गुमाएर इनिङ्स समाप्तीको घोषणा गरेको थियो ।
दक्षिण अफ्रिकाका लागि कायल भेरेनीले १ सय ३६ रनको योगदान गरे ।
न्यूजिल्यान्डका टिम साउथी, म्याट हेनरी, कायल जामिसन र नेल वागनरले समान दुई–दुई विकेट लिए ।
कोलिन डी ग्रान्डहोमले १ विकेट हात पारे ।