काठमाडौं । बर्षातका कारण स्थगित गरिएको कागेश्वरी मनोहरा यु –१६ टि ट्वान्टी सान क्रिकेट कप भोली सूरु हुने भएको छ । बर्षातका कारण मुलपानीस्थित क्रिकेट मैदानमा पानी जम्नुका साथै विकेटमा समेत प्रभाव परेका कारण असार ५ गते सम्मकालागि प्रतियोगिता स्थगित गरिएको थियो ।
राष्टिय खेलकुद परिषद्, खेलकुद बिज्ञान प्रतिष्ठानको आयोजना तथा कागेश्वरी मनोहरा नगरपालिकाको प्रायोजनमा जेष्ठ २७ गते देखि आषाढ ५ गते सम्म संचालन हुने भनिएको प्रतियोगिताको लिग चरणको खेल समाप्त भईसकेको छ ।
अब प्रतियोगिताका क्वार्टरफाईनलका खेलहरु सुरु हुनेछ । पहिलो क्वाटरफाईनलमा समूह एको विजेता केसिटिसी ‘ए’ र समूह ‘सि’ को उपविजेता ग्रेट हिमालयन क्रिकेट एकेडेमीको खेल विहान ८ बजे सुरु हुनेछ ।
समूह ‘बी’ को विजेता ओएसिस र समूह ‘डी’ को उपविजेता आयोजक सान रातोबीचको दोश्रो क्वाटरफाईनल खेल बिहान ११ बजे हुने आयोजकले जनाएको छ ।