काठमाडौं । नेपाल राष्ट्रिय मुवाँथाई संघ सुनसरी जिल्ला समिति गठन भएको छ ।
धरानमा एक कार्यक्रमको आयोजना गरी मुवाँथाई संघ सुनसरी जिल्ला समिति गठन भएको जानकारी दिइएको हो ।
सुनसरी जिल्ला समितिको अध्यक्षमा एलकन थापा मगर चयन भएका छन्।
समितिको उपाध्यक्षमा अशेस लिम्बु, सचिवमा नविन राई, सहसचिवमा मिलन राई, कोषाध्यक्षमा सरिता मगर चयन भएका छन्। सदस्यहरुमा भने सागर सुनुवार, प्रिजम राई र जुलन कालिकोटे चयन भएका छन् ।
उक्त समितिको चयन नेपाल राष्ट्रिय मुवाँथाई संघका केन्द्रिय अध्यक्ष गणेशलाल कक्षपतिको प्रमुख आतिथ्यतामा भएको थियो।चयन भएका सुनसरी जिल्ला समितिका पदाधिकारीहरुलाई केन्द्रिय अध्यक्ष कक्षपतिले खदा लगाएर शुभकामना तथा बधाई ज्ञापन गरेका थिए ।
उक्त समयमा बोल्दै उनले मुवाँथाई राष्ट्रिय खेलकुद परिसदमा दर्ता भएको खेल भएता पनि ओझेलमा परेको बताए । उनले संघको मुख्य उद्देश्य नै खेललाई व्यावसायीकरण गर्नु भएको बताउँदै उक्त कार्यको सुरुवात सुनसरी जिल्लाबाट नै गर्ने बताए ।
उक्त कार्यक्रममा बोल्दै बडिबिल्डिङ फिटनेस संघ सुनसरीका उपाध्यक्ष सञ्जिव वान्तावाले संघलाई स्थानिय तहमा समन्वय गरेर अघि बढ्न सुझाव दिएका छन् । यसैगरी बास्केटबल प्रशिक्षक तथा पत्रकार विकास चाम्लिङ राईले संघलाई शुभकामना दिदै शिक्षा र खेलकुदलाई सँगै लैजान सकेमा खेल र खेलाडी दुवैको स्तर राम्रो बन्ने बताए । उनले विद्यालय क्षेत्रबाट नै अघि बढ्न र विशेष गरी प्रशिक्षक उत्पादनमा जोड दिन सुझाव दिएका छन् । उक्त समयमा बोल्दै नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले खेलको प्रचारप्रसारका साथै त्यससम्बन्धि जानकारी जनमानससम्म पुर्याउने कार्यमा महासंघले सधै साथ दिने बताए ।