काठमाडौं । ह्यामिल्टन साओ पाओलो ग्रान्ड प्रिक्समा स्प्रिङ क्वालिफाइङ रेसका लागि पोल पोजिसनमा उक्लिएपछि उपाधिका प्रतिद्धन्दी लुइस ह्यामिल्टन र म्याक्स भर्साटापेनमाथि अनुसन्धान सुरु भएको छ ।
ह्यामिल्टनको मर्सिडिज कारको पछाडीको पखेटामा कथित प्राविधिक उल्लंघनको लागि स्टेवार्डलाई पठाइएको थियो ।
भर्साटापेन पनि छनोट पछि कारहरुमा काम गर्ने नियामक निकाय एफआईएले अन्तर्राष्ट्रिय खेलकुद कोडको कथित उल्लंघनको लागि शनिबार बिहान स्टेवार्डको अगाडी उपस्थित हुनेछ ।
आईतबारको ग्रान्ड प्रिक्सको लागि पाँच स्थानको ग्रिड पेनाल्टी पाएको ह्यामिल्टनले एक ल्यापमा भेटिने अवस्थामा थिएनन, उनी भर्साटापेन भन्दा ०.४३८ सेकेन्ड छिटो थिए ।
यद्यपि, यदि उसको कारले पालना नगरेको पाइयो भने उसलाई स्प्रिन्ट ग्रिडको पछाडि पठाइनेछ ।
स्टेवार्डले थप छानविन गरिरहेको कारण एफआईएले सनिबार नै निर्णय भने नलिने बताइएको छ ।
पछिल्लो वयानमा भनिएको छ कि अन्तर्राष्ट्रिय खेलकुद कोडको कतिथ उल्लंघनको लागि भेर्साटापेन र उनको प्रतिनिधिलाई बैठकमा बोलाइएको थियो ।