काठमाडौं । बाग्लुङमा जारी २२ औं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ ।
गल्कोटमा बिहिबार क्वाटरफाइनलको खेल सकिएसंगै प्रतियोगिताको सेमिफाइनल पुग्ने चार टोलीको तय भएको हो ।
प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी, एपीएफ, नेपाल पुलिस र पाँच नम्बर प्रदेशले सेमिफाइनलमा स्थान बनाएका छन् ।
अब सेमिफाइनलमा आर्मीले पुलिसविरुद्ध खेल्नेछ । यस्तै एपीएफले पाँच नम्बर प्रदेशसंग खेल्नेछ ।
बिहिबार आर्मीले प्रदेश नम्बर ७ लाई २५-६,२५-११ र २५-८ ले हरायो । यस्तै आर्मीले दोस्रो खेलमाप्रदेश नम्बर ६ मा २५-६,२५-२ र २५- ८ ले हरायो ।
पुलिसले २ नम्बर प्रदेशलाई २५-९,२५-७ र २५-१० ले हरायो । दोस्रो खेलमा पुलिसले २५-११,२५-७ र २५-१२ ले स्तब्ध बनायो ।
एपीएफले ४ नम्बर प्रदेशलाई २५-२०,२५-१३ र २५-१६ को सेटमा पराजित गर्यो । त्यस्तै गण्डक प्रदेशले ७ नम्बर प्रदेशलाई २५-१६,२५-१५ र २५-१६ को सेटमा हरायो ।
प्रतियोगिताको विजेताले ५० हजार प्राप्त गर्नेछन् । यस्तै दोस्रोले ३० र तेस्रोले २० हजार पाउने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १० हजार पाउनेछन् । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने स्पाइकर,सरभर, लिबेरो, सेटर र ब्लकरलाई समान ५/५ हजार प्रदान गरिनेछ ।