काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले बाग्लुङमा जारी २२ औं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
गल्कोटमा मंगलबार भएको खेलमा आर्मीले गण्डक प्रदेशलाई ३ - ० को सोझो सेटमा पराजित गर्यो । आर्मीले गण्डकमाथि २५-२३,२८-२६ र २५-२२ को सेटमा पराजित गर्यो ।
नेपाल भलिबल संघको आयोजना तथा बाग्लुङ जिल्ला भलिबल संघको व्यवस्थापनमा सुरु प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टिम गरी १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ५० हजार प्राप्त गर्नेछन् । यस्तै दोस्रोले ३० र तेस्रोले २० हजार पाउने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १० हजार पाउनेछन् । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने स्पाइकर,सरभर, लिबेरो, सेटर र ब्लकरलाई समान ५/५ हजार प्रदान गरिनेछ ।