बिहिबार, कार्तिक २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

आयतन फराकिलो बनाउँदै भलिबल

मंगलबार, असोज २३, २०७५विश्वास थापा
आयतन फराकिलो बनाउँदै भलिबल
Classic Tech Internet Ad

काठमाडौं । एक समय भलिबल नेपालको सबैभन्दा लोकप्रिय खेल थियो । भौगोलिक अवस्था र समाजिक बनोटले यसलाई फैलिन सहयोग गर्यो । समयको विकासक्रमसंगै धेरै खेलहरु नेपालमा भित्रिए । संस्थागत रुपमा धेरै खेलले देशभर आफ्नो सञ्जाल फिजाए । आफ्नो वृद्दि विकासमा अनवरत लागे ।

नेपाली खेलकुदको एक खास चरित्र छ । खास खास समयमा कुनै खेल बिशेष निकै लोकप्रिय बन्छ । तर कालान्तरमा हराएर जान्छ । यसको कारण, जब खेलले लोकप्रियता हासिल गर्छ, यसको विकासमा सम्बन्धित पक्षले कहिल्यै वास्ता गर्दैनन् ।

विभिन्न आरोह अवरोह पार गर्दै भलिबलले आफ्नो लोकप्रियता र सम्भावनालाई जोगाई राखेको छ । भौगोलिक हिसावमा नेपालमा सबै भन्दा धेरै खेलिने भलिवलले राष्ट्रिय खेलको मान्यता समेत पाएको छ ।

पछिल्लो समय नेपालमा भलिबलका गतिविधि बढ्दो छ । सुस्ताएको भलिबलले विस्तारै गति लिन थालेको छ । महिला तथा पुरुषका प्रतियोगिताहरु निरन्तर चलिरहेको छ । अन्तराष्ट्रिय स्तरमा समेत यसको उपस्थिती उल्लेखनिय छ । इन्डोनेशियाको जाकार्तामा भएको प्रतियोगितामा नेपालको पुरुष भलिबल टिम वरियता समेत हासिलनै गर्याे । 

केही दिन अगाडीमात्र काठमाडौंमा फ्रेन्चाईज महिला भलिबल लिग सकियो । तीन विभाग सहित ६ टिम सहभागि प्रतियोगितामा केही विदेशी खेलाडी समेत सामेल भए । धेरै माथिल्लो स्तरका खेलाडी नभएपनि आफु भन्दा बलिया खेलाडीसंग महिला खेलाडीले खेल्न पाए । यस्तो प्रतियोगिताको प्रभाव आगामी दिनमा देखिदै जानेछ ।

बिदेशी खेलाडीसंग खेल्दा महिला खेलाडीको क्षमता बढ्नुकासाथै नयाँ बिषय सिक्ने मौका मिल्ने स्वयम खेलाडीहरु समेत बताउछन् । नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमन शर्माले नेपालको राष्ट्रिय खेल भलिबलमा सरकारले राम्रो लगानी नगरेपनि ठुलै प्रतिफल हासिल गरेको गर्छन्।

‘भलिबलका बार्षिक दुई वटा राष्ट्रिय लिग हुन्छन् । त्यसले नेपाली भलिवलमा धेरै टेवा पुर्याएको छ ।’ उनी भन्छन् । कुनैपनि व्यवसायिक क्षेत्रले नेपालमा भलिबल प्रतियोगिताको आयोजना गरेमा त्यसमा संघले प्राविधिक सहयोग गर्ने शर्मा बताउछन् ।

पछिल्लो समय नेपालमा महिला भलिबलको आकर्षण बढ्दो छ । प्रतियोगिता आयोजनाको मात्र तिव्र छ । महिला भलिबलको लोकप्रियताले नीजि क्षेत्रसमेत यसमा विस्तारै तानिदै छ । संघका अध्यक्ष शर्मा समेत तुलनात्मक रुपमा कमजोर देखिएपनि महिला भलिबलको स्तरलाई तिव्र गतिमा अघि बढाउने तयारी भएको बताउछन् ।

‘हामी बर्षभरि महिला राष्ट्रिय भलिबल टोलीलाई प्रशिक्षणमा राख्न चाहान्छौ तर हाम्रो लगानीले सम्भव छैन ।’ उनले भने, ‘विभागीय टिमका खेलाडीले नियमित प्रशिक्षण पाएका छन् । अब नियमित प्रतियोगितासंगै भलिवलका नयाँ कार्यक्रम थप्दै जाने तयारी छ ।’

 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ललितपुरमाथि पोखराको जित

ललितपुरमाथि पोखराको जित

कर्णालीको सहज जित

कर्णालीको सहज जित

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

Bajaj Pulsar Motorcycle Ad
जोर्डन लिगमा प्रीतिको पहिलो गोल

जोर्डन लिगमा प्रीतिको पहिलो गोल

ललितपुरमाथि पोखराको जित

ललितपुरमाथि पोखराको जित

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

कर्णालीको सहज जित

कर्णालीको सहज जित

‘सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगञ्ज  र पाथिभरा भिड्ने

‘सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगञ्ज र पाथिभरा भिड्ने

सन्न्यास लिने मनासायमा ओस्कार

सन्न्यास लिने मनासायमा ओस्कार

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि