काठमाडौं । २२ औं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता मंगलबारबाट बाग्लुङको गल्कोटमा सुरु हुँदैछ ।
नेपाल भलिबल संघको आयोजना तथा बाग्लुङ जिल्ला भलिबल संघको व्यवस्थापनमा हुने प्रतियोगिता असोज २७ सम्म हुनेछ ।
संघीय ढाँचामा आयोजना हुने प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टिम गरी १० टिमको सहभागिता रहने बाग्लुङ जिल्ला भलिबल संघका अध्यक्ष यमवहादुर श्रीसले जानकारी गराए ।
प्रतियोगिताको विजेताले ५० हजार प्राप्त गर्नेछन् । यस्तै दोस्रोले ३० र तेस्रोले २० हजार पाउने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १० हजार पाउनेछन् । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने स्पाइकर,सरभर, लिबेरो, सेटर र ब्लकरलाई समान ५/५ हजार प्रदान गरिनेछ ।
प्रतियोगिता लिगकम नकाउटका आधारमा संचालन हुनेछ । प्रतियोगिताका लागि गल्कोट नगरपालिकाले ५लाख सहयोग गरेको बाग्लुङ जिल्ला भलिबल संघका अध्यक्ष श्रीसले जानकारी दिए ।
यस्तै प्रतियोगिताका लागि गल्कोट स्पोर्टस् क्लब जापान र गल्कोट समाज जापनले २ लाख ५० हजार सहयोग गर्दा बाग्लुङ समाज दक्षिण कोरियाले पनि १ लाख सहयोग गरेको छ ।