के कोउटिन्होले अर्को मौका पाउने छन् ?
बिहिबार, भदौ ३, २०७८खेलपाटी संवाददाता

काठमाडौं । एउटा खेलाडीलाई यति धेरै अनिश्चिता विरलै छाउने गर्छ होला । कुरा हो, फिलिपे कोउटिन्होको । सायद जिद्दी गरेर लिभरपुल छाडेयता उनलाई दशा लागेको छ । मर्सिसाइड क्लब छाडेर उनी के बार्सिलोना गएका थिए, त्यति बेलादेखि उनको भविष्यलाई लिएर जहिल्यै बारम्बार प्रश्न उठ्ने गरेको छ ।
अब पछिल्लो विकसित घटनाक्रम अनुसार बार्सिलोनाले कोउटिन्होलाई कम्तीमा यस सिजनका लागि क्लबमै राख्ने भएको छ र यो ब्राजिली खेलाडीका लागि राम्रो पनि हो । यसको कारण सुनाउँदा भने अलि मज्जा भने आउँदैन् । भए के छ भन्दा बार्सिलोनाले कसैलाई बेच्न नसक्ने भएपछि कोउटिन्होलाई आफूमै कायम राख्ने भएको हो ।
बार्सिलोनाले विश्वास लिएको छ, सायद यसपल्ट उनले त्यस्तै उम्दा खेल खेल्ने छ, जुन उनले लिभरपुल छँदा खेलेका थिए । फेरि उनलाई बेच्न नखोज्नुको कारण लियोनल मेसी नभएर पनि हो । मेसीको अभावमा कोउटिन्होले मिडफिल्डमा निकै प्रभावशाली भूमिका खेल्ने छन्, शंका नगरौं, उनी विश्वस्तरीय खेलाडी नै हुन् ।
सायद कोउटिन्होले यसपल्ट मौका किन पनि पाउन सक्छन् भने उनी बार्सिलाना प्रशिक्षक रोनाल्ड कोम्यानका प्रिय पनि छन् । यो के अर्थमा भन्दा उनको खेल्ने शैली कोम्यानको रणनीतिमा पर्छ । त्यसैले त उनले गत सिजन सुरुमा राम्रै अवसर पाए, तर चोटले मात्र धोका दिएको थियो । अहिले पनि कोउटिन्होमा चोटको समस्या छैन् ।
जे होस, उनका लागि यो सिजन निर्णायक हुन सक्नेछ, भविष्यलाई लिएर ।
–मार्काको सहयोगमा ।

-1762856022963.jpg&w=3840&q=75)