काठमाडाै । अरुणा शाही आदीअवादी महिला लिग भलिवल प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिएकी छिन् । प्रतियोगितामा चितवन टाईग्रेसबाट प्रतिनिधित्व गरेकी उनी प्रतियोगिताकी उत्कृष्ट घोषित भएकी हुन् ।
उपाधिसंगै उनले एक थान स्कुटर र नगद ५० हजार रुपैयाँ प्राप्त गरिन् ।
उनी सहभागि चितवनले काठमाडौमा भएको प्रतियोगिताको उपाधि उचालेको थियो । चितवनले फाईनलमा विभागीय टिम एपीएफलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
प्रतियोगितालाई आदीअवादी फाउण्डेन र नेपाल भलिवल संघले संयुक्त रुपमा आयोजना गरेको हो ।