काठमाडौं । राजधानीमा जारी आदीअवादी महिला लिग भलिबलको उपाधिकालागि आज एपीएफ क्लब र चितवन टाईग्रेसबीच प्रतिस्पर्धा हुदैछ । एपीएफले न्युडायमण्ड र चीतवनले पुलिसलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।
त्रिपुरेश्वरस्थित राखेप कबर्डहलमा एपीएफले न्युडायमण्डलाई २५–२२, २६–२५ र २५–२३ को सेटमा पाखा लगायो । त्यस्तै, चितवन टाईग्रेसले पहिलो सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराएर फाइनलमा स्थान पक्का गरेको थियो ।
नेपाल भलिबल संघ र आदीअवादी फाउन्डेसनको आयोजनामा जारी प्रतियोगिताको बिजेताले ६ लाख नगद प्राप्त गर्ने छ । त्यस्तै उपबिजेताले ३ लाख र तेश्रो हुनेले १ लाख ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर र नगद ५० हजार प्राप्त गर्ने छन् ।