विल्सन फुलहममा अनुबन्धित
आइतबार, साउन १०, २०७८खेलपाटी संवाददाता

एजेन्सी । च्याम्पियनसिप क्लब फुलहमले विंगर ह्यारी विल्सनलाई अनुबन्धित गरेको छ ।
फुलहमले प्रिमियर लिग लिभरपुलबाट विल्सनलाई अनुबन्ध गरेको हो ।
विल्सनले फुलहमसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
२४ वर्षीय विंगरलाई करिब १२ मिलियन पाउण्डमा फुलहमले क्लब भित्र्याएको हो ।
वेल्सका विंगरले पछिल्लो सिजन कार्डिफ सिटीबाट लोनमा खेलेका थिए ।
गत सिजन ३७ खेलमा उनले ७ गोल गरेका थिए ।

यस्तै फुलहमले गोलकिपर पाउलो गज्जानिगालाई समेत अनुबन्ध गरेको छ ।
अर्जेन्टिनाका गोलकिपरले क्लबसँग दुई वर्षको सम्झौता गरेका छन् ।
२९ वर्षीय गोलकिपरलाई फुलहमले टोटेनहमबाट अनुबन्ध गरेको हो ।
गत सिजन उनले इल्चेबाट लोनमा खेलेका थिए ।







-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)


