मेगा ट्रान्सफर : केन कीर्तिमान रकममा सिटीतर्फ जाँँदै
शनिबार, साउन ९, २०७८खेलपाटी संवाददाता

एजेन्सी । ह्यारी केनले टोटनहमले छाड्ने निश्चित जस्तै भएको छ । टोटनहमका अध्यक्ष ड्यानिएल लेभीले केनको क्लब छाड्ने इच्छालाई अन्तत: स्विकार गरेका छन् ।
अबको प्रश्न हो, उनी जाने चाहिं कहाँ हो त ? इंग्लिस मिडियालाई आधार मान्ने हो भने केन म्यानचेस्टर सिटी जानेछन्, त्यो पनि कीर्तिमान रकममा ।
यसको अर्थ यो मेगा ट्रान्सफर हुनेछ र यससँग १९ करोड युरोको मूल्य जोडिएको छ । इंग्लिस कप्तानले यसअघि नै टोटनहम छाड्ने इच्छा सार्वजनिक रूपमा देखाएका थिए ।
उनको एउटै सबैभन्दा ठूलो गुनासो थियो, टोटनहममा रहेर कुनै ठूलो उपाधि जित्न सकिन्न । सायद ती उपाधिका लागि चुनौती पनि पेस गर्न सकिन्न ।

द सनका अनुसार त केनले पेप ग्वार्डिओलाको सिटीसँग पाँच वर्षको अनुबन्ध गर्नेछन् र तिनको तलब हुनेछ, साताको चार लाख युरो ।
युरो २०२० मा इंग्ल्यान्डले फाइनल यात्रा तय गर्ने क्रममा केनले एक अन्तर्वार्तामा भनेका थिए, ‘म ठूल ठूला खेल खेल्न चाहन्छुं । ठूल ठूलो मोडलाई आत्मसात् गर्न चाहन्छुं ।’
अझ उनको भनाइ थियो, ‘च्याम्पियन्स लिगलाई मैले नियमित पछ्याइरहेको छुं । त्यसमा इंग्लिस टिमले राम्रो पनि गरिरहेका छन् । म यस्तै खेल खेल्न चाहन्छुं, जसमा मेरो प्रतक्ष्य भूमिका होस् ।’
अझ उनको भनाइ थियो, ‘च्याम्पियन्स लिगलाई मैले नियमित पछ्याइरहेको छुं । त्यसमा इंग्लिस टिमले राम्रो पनि गरिरहेका छन् । म यस्तै खेल खेल्न चाहन्छुं, जसमा मेरो प्रतक्ष्य भूमिका होस् ।’
यस साताको अन्त्यमा टोटनहम अध्यक्ष लेभीले केनलाई क्लब छाड्न अनुमती दिएको मानिएको छ, भलै उनले यसअघि यस्तो अनुमती दिन अस्विकार गर्दै आएका थिए ।








-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)


