आर्सनलसँग इमिलको नयाँ सम्झौता
बिहिबार, साउन ७, २०७८खेलपाटी संवाददाता
एजेन्सी । इंग्लिस क्लब आर्सनलका युवा मिडफिल्डर इमिल स्मिथ रोवेले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
इंग्ल्यान्डका अट्याकिङ मिडफिल्डर इमिलले आर्सनलसँग पाँच वर्षको नयाँ सम्झौता गरेका छन् ।
नयाँ सम्झौतासँगै इमिल २०२६ सम्म आर्सनलमा रहने छन् ।
आर्सनलको एकेडेमीमा हुर्किएका इमिलले सिनियर टिमका लागि ३३ खेल खेलिसकेका छन् ।
इमिलले गत सिजन २० प्रिमियर लिग खेलमा आर्सनलका लागि २ गोल गरेका थिए ।
इमिलले आर्सनलमा १० नम्बर जर्सी समेत लगाउने भएका छन् ।
यस अघि मोसिट ओजिलले आर्सनलमा १० नम्बरको जर्सी लगाएका थिए ।
२० वर्षीय इमिलले आरबी लाइपजिग र हडर्सफिल्ड टाउनबाट लोनमा खेलिसकेका छन् ।







-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



