विंगर ग्रे एभर्टनमा अनुबन्धित
बिहिबार, साउन ७, २०७८खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस क्लब एभर्टनले विंगर डीमाराइ ग्रेलाई अनुबन्ध गरेको छ ।
प्रिमियर लिग क्लब एभर्टनले ग्रेलाई जर्मन क्लब बायर लिभरकुसेनबाट अनुबन्ध गरेको हो ।
२५ वर्षीय इंग्ल्यान्डका विंगरले एभर्टनसँग ३ वर्षको सम्झौता गरेको छ ।
सम्झौतासँगै ग्रे २०२४ सम्म एभर्टनमा रहने छन् । एभर्टनले सम्झौता थप गर्ने विकल्प समेत दिएको छ ।
ग्रेले एभर्टनमा ११ नम्बरको जर्सी लगाउने छन् ।
विंगर ग्रे गत वर्ष लेष्टर सिटीबाट जर्मन क्लब गएका थिए ।
जर्मन क्लबका लागि उनले १० बुन्डेसलिगा खेलेका थिए ।







-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



