चेल्सीका युवा मिडफिल्डर लेविस लिड्समा
बिहिबार, साउन ७, २०७८खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस क्लब चेल्सीका युवा मिडफिल्डर लेविस बेट लिड्स युनाईटेडमा अनुबन्धित भएका छन् ।
लिड्सले बिहीबार युवा मिडफिल्डरलाई अनुबन्धित गरिएको जनाएको छ ।
लिड्सले सम्झौता रकम भने खुलाएको छैन ।
१८ वर्षीय मिडफिल्डरले लिड्ससँग तीन वर्षको सम्झौता गरेका छन् ।

उनी २०२४ सम्म लिड्समा रहने छन् ।
लेविसले चेल्सीको युथ टिमको कप्तानी समेत गरिसकेका थिए ।
गत सिजन चेल्सीको यू-२३ टोलीबाट उनले २० खेल खेलेका थिए ।
लेविसले इंग्ल्यान्डको यू-१७ र यू-१८ टिमबाट खेलिसकेका छन् ।







-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



