टोटेनहमको जित
बिहिबार, साउन ७, २०७८खेलपाटी संवाददाता

एजेन्सी । प्रि-सिजन तयारी अन्तर्गतको मैत्रीपूर्ण खेलमा टोटनहमले सहज जित निकालेको छ ।
बुधबार राति भएको मैत्रीपूर्ण खेलमा टोटेनहमले कोलचेस्टर युनाईटेडलाई ३-० ले पराजित गरेको हो ।
टोटेनहमको जितमा ह्युङ मिन सन, लुकास मौरा र डेली अलीले एक एक गोल गरे ।
कम्युनिटी स्टेडियममा ११ औं मिनेटमा सनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
खेलको १४ औं मिनेटमा लुकासले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ३८ औं मिनेटमा अलीले गोल गर्दै टोटेनहमलाई ३-० को जित दिलाए ।







-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



