नाइजेरियन मिडफिल्डर ब्रेन्टफोर्डमा
बिहिबार, साउन ७, २०७८खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब ब्रेन्टफोर्डले नाइजेरियन मिडफिल्डर फ्रान्क ओन्यकालाई अनुबन्ध गरेको छ ।
प्रिमियर लिगको नव प्रवेशी क्लब ब्रेन्टफोर्डले मिडफिल्डर फ्रान्कलाई अनुबन्धित गरिएको जनाएको छ ।
२३ वर्षीय मिडफिल्डरले क्लबसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
ब्रेन्टफोर्डले उनलाई डेनिस क्लब मिडजिल्याण्डबाट अनुबन्ध गरेको हो ।
डेनिस क्लबका लागि उनले १ सय २३ खेल खेलेका थिए ।
ब्रेन्टफोर्डले ७४ वर्ष पछि प्रिमियर लिग खेल्न लागेको हो ।
च्याम्पियनसिपको प्ले अफमा स्वान्सी सिटीलाई पराजित गर्दै ब्रेन्टफोर्ड प्रिमियर लिगमा बढुवा भएको हो ।







-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



