काठमाडौं । राजधानीमा जारी आदीअवादी महिला लिग भलिबलको उपाधिकालागि एपीएफ क्लब र चितवन टाईग्रेसले प्रतिस्पर्धा गर्ने भएका छन् ।
मंगलबार भएको दोस्रो सेमिफाइनलमा एपीएफले न्युडायमण्डलाई ३ - ० को सोझो सेटमा हराउदै चितवनसंग उपाधि भिड्न्त पक्का गरेकाे हाे । फाइनल खेल बुधबार हुनेछ ।
त्रिपुरेश्वरस्थित राखेप कबर्डहलमा एपीएफले न्युडायमण्डलाई २५ - २२, २६ - २५ र २५ -२३ को सेटमा पाखा लगायो ।
यसअघि चितवन टाईग्रेसले पहिलो सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई ३ - ० को सोझो सेटमा हराएर फाइनलमा स्थान पक्का गरिसकेको छ । चितवनले पुलिसलाई २५-११,२५-१४ र २५-२३ सेटमा पाखा लगायो ।
नेपाल भलिबल संघ र आदीअवादी फाउन्डेसनको आयोजनामा जारी प्रतियोगिताको बिजेताले ६ लाख नगद प्राप्त गर्ने छ । त्यस्तै उपबिजेताले ३ लाख र तेश्रो हुनेले १ लाख ५० हजार प्राप्त गर्ने छन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर र नगद ५० हजार प्राप्त गर्ने छन् ।