सिल्भा लाइपजिगमा अनुबन्धित
आइतबार, २० असार २०७८खेलपाटी संवाददाता

एजेन्सी । पोर्चुगलका स्ट्राइकर आन्द्रे सिल्भा जर्मन क्लब आरबी लाइपजिगमा अनुबन्धित भएका छन् ।
बुन्डेसलिगा क्लब लाइपजिगले फरवार्ड सिल्भालाई अनुबन्ध गरिएको जनाएको छ ।
लाइपजिगले सिल्भालाई अर्को बुन्डेसलिगा क्लब फ्रान्कफर्टबाट अनुबन्ध गरेको हो ।
२५ वर्षीय फरवार्डले लाइपजिगसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
सिल्भा २०१९ मा इटालियन क्लब एसी मिलानबाट फ्रान्कफर्ट आएका थिए ।
गत सिजन उनले फ्रान्कफर्टका लागि ३२ खेलमा २८ गोल गरेका थिए ।
सिल्भा युरोकप खेल्ने पोर्चुगलको टिममा रहेका थिए । ३ खेलमा खेलेका उनले गोल भने गर्न सकेनन ।
पोर्चुगलका लागि उनले ४२ खेलमा १६ गोल गरिसकेका छन् ।






-1764294451367.webp&w=3840&q=75)
-1764209252132.webp&w=3840&q=75)
-1764208683062.webp&w=3840&q=75)




-1764236044054.jpeg&w=3840&q=75)