बार्सिलोनाका युवा फरवार्ड उल्भ्समा
आइतबार, २० असार २०७८खेलपाटी संवाददाता

एजेन्सी । प्रिमियर लिग क्लब उल्भ्सले बार्सिलोनाका युवा फरवार्ड फ्रान्सिस्को ट्रिन्काओलाई लोनमा अनुबन्ध गरेको छ ।
उल्भ्सले आइतबार २१ वर्षीय फ्रान्सिस्कोलाई लोनमा अनुबन्ध गरिएको जनाएको छ ।
उल्भ्सले युवा फरवार्डलाई एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो ।
उल्भ्सलाई स्थायी खेलाडीको रुपमा २५ मिलियनमा उनलाई अनुबन्धको विकल्प समेत रहेको छ ।
पोर्चुगिज फरवार्ड फ्रान्सिस्को गत सिजन बार्सिलोना आएका थिए ।
गत सिजन फ्रान्सिस्कोले २८ ला लिगामा ३ गोल गरेका थिए ।
पोर्चुगिज क्लब स्पोर्टिङ ब्रागाबाट बार्सिलोनाले उनलाई अनुबन्ध गरेको थियो ।
युवा फरवार्डले बार्सिलोनासँग पाँच वर्षको सम्झौता गरेका थिए ।
फ्रान्सिस्कोले २०१८ मा ब्रागाको सिनियर टिममा डेब्यु गरेका थिए । फ्रान्सिस्कोले ब्रागाका लागि ३३ खेलमा ८ गोल गरेका थिए ।






-1764294451367.webp&w=3840&q=75)
-1764209252132.webp&w=3840&q=75)
-1764208683062.webp&w=3840&q=75)




-1764236044054.jpeg&w=3840&q=75)